खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार


 संवाददाता   September 13, 2024   73 जनाले पढ़िसके




२८ भाद्र २०८१, शुक्रबार

विराटनगर । कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार विस्तार भएसँगै नेपाली काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कृष्णप्रसाद सिटौला समूहका प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री तथा सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।