खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मेयर बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह – कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला !


 संवाददाता   September 7, 2024   78 जनाले पढ़िसके




२२ भाद्र २०८१, शनिबार
फाइल तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा लगाउन आग्रह गर्नुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले यस्तै ज्ञानविहीन कार्यकर्ता पछि देश चलाउने ठाउँमा पुग्दा अहिलो नेताहरु झैं अरूको इशारामा चल्नुपर्ने अवस्था आउला भन्ने ब्यंग्य समेत गर्नुभएको छ ।

आइतबार साँझ मेयर शाहले सामाजिक सञ्जाल मार्फत एमाले प्रदेश सांसद रेखा शर्माले घरेलु कामदारको रुपमा एक बालिकालाई राखेको ती बालिकालाई सांसदले घरेलु हिंसा गर्ने गरेको भन्दै ती सांसदलाई पक्राउ गराई कारबाहीका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो ।

त्यसपछि एमाले कार्यकर्ता पंक्ति मेयर बालेन शाह विरुद्ध खनिंदै सांसद शर्माको बचाउमा उत्रिएका थिए । त्यसपछि मेयर शाहले आज फेरि सामाजिक सञ्जाल मार्फत नै सांसद शर्माले आफूले गरेको कसुरमा जेल जानसक्ने सम्भावना देखेर त्यसबाट बच्न आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै र हार्दै आएको उल्लेख गर्नुभएको छ । तर महानगरपालिकाले सांसद शर्मा विरुद्ध हालेको मुद्दा भने प्रहरीले अघि नै नबढाएको र मुद्धा अदालतमा प्रवेश गर्नै नपाएको पनि मेयर शाहले उल्लेख गर्नुभएको छ ।

उक्त मुद्धा सांसद शर्मा र महानगर बीचको नभएको भन्दै मेयर शाहाले बालिकाको बाबुले छोरी महानगरले अपहरण ग¥यो भनी हालेको रिट अदालतले खारेज गरेको हो भन्नुभएको छ । अदालतले मुद्धा नै खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको भन्दै उहाँले कार्यकर्तालाई सामान्य ज्ञान सिकाउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको हो ।